Sunday, August 16, 2026
Homeसमाचारधनकुटा नगरपालिकाले गर्याे वार्षिक प्रगति समीक्षा

धनकुटा नगरपालिकाले गर्याे वार्षिक प्रगति समीक्षा

धनकुटाः धनकुटा नगरपालिकाले आर्थिक वर्ष २०८२\०८३ मा सञ्चालन भएका योजना तथा कार्यक्रमको वार्षिक प्रगति समीक्षा गरेको छ ।

समीक्षामा नगरपालिकाअन्तर्गतका वडा, विषयगत शाखा तथा विभिन्न सामाजिक संघसंस्थाले अघिल्लो आर्थिक वर्षमा सञ्चालन गरेका योजना तथा कार्यक्रम, हासिल गरेको प्रगति र भएको खर्चको विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वीकृत योजना तथा कार्यक्रममध्ये कति कार्यान्वयन भए, कति बजेट खर्च भयो र खर्चअनुसार अपेक्षित उपलब्धि हासिल भए–नभएको विषयमा छलफल गरिएको थियो ।

राजस्व सङ्कलनको अवस्था, योजना कार्यान्वयनका क्रममा देखिएका समस्या, जिम्मेवारी तथा जवाफदेहिता र कानुनी प्रक्रिया पालना भए–नभएको विषयमा समेत समीक्षा गरिएको जनाइएको छ । आगामी दिनमा बजेट तथा योजना निर्माण, बजेट विनियोजन तथा कार्यान्वयन, सेवाप्रवाह र सुशासन प्रवद्र्धनमा देखिएका कमीकमजोरी सुधार गर्न आवश्यक सुझावसमेत सङ्कलन गरिएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments