Tuesday, August 11, 2026
Homeफिचरदेवानगञ्ज घटनाका मृतक मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइने

देवानगञ्ज घटनाका मृतक मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइने

इनरुवाः सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा उपचारका क्रममा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र नेपाल सरकारबीच सात बुँदे सहमति भएको छ ।

गृहमन्त्री सुधन गुरुङ र मृतक मेहताका अभिभावकबीच सोमबार भएको सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको हो । सो घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषी देखिएकामाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने भएको छ ।

घटनासँग जोडिएको देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा समेत आवश्यक छानबिन तत्काल सुरु गर्ने सहमति भएको छ । सरकारले मृतक मेहताका परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन आवश्यक पहल गर्ने सहमति पनि भएको छ ।

घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिशलाई प्रचलित कानुनबमोजिम कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाइने सहमतिमा उल्लेख छ ।

उनको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत् देवानगञ्ज गाउँपालिका–३, सुनसरी लगेर मृतकको दाहसंस्कार गरिने भएको छ । घटनामा मृत्यु भएका तीनै जनाको स्मृतिमा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने सहमति पनि भएको छ । त्यसका लागि स्थानीय सरकारसँग समन्वय गरी चालु आर्थिक वर्षमै बजेट विनियोजन गर्ने सहमति सरकार र मृतक परिवारबीच भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments