विराटचोकः कोशी प्रदेश सरकारले कोशी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कलवलगुरी झापाको कार्यकारी निर्देशकमा अनिता गुरागाईँलाई नियुक्त गरेको छ । उहाँको नियुक्ति भएलगत्तै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथग्रहण गराउनुभएको छ । निर्देशक गुरागाईं इटहरी उपमहानगरपालिका ४ निवासी हुनुहुन्छ ।
यस्तै प्रदेश सरकारले स्थानीय सरकारी सेवा गठन तथा सञ्चालन नियमावली, प्रदेश लोक सेवा आयोगको परामर्श माग गर्ने निर्णय गरेको छ । यो नियमावली बन्दै गरेको र त्यसमा लोक सेवा आयोगको परामर्श माग्ने निर्णय भएको बताइएको छ ।
यस्तै प्रदेश मन्त्रीपरिषद बैठकले प्रदेश युवा परिषद्सम्बन्धी विधेयक तर्जुमा गर्नका लागि अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै, वृद्धिमुखी कार्यान्वयन कार्यविधि र रोजगार प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ लाई खारेज गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।
शुक्रबार बसेको कोशी प्रदेश मन्त्रीपरिषद्को बैठकले ती निर्णय गरेको हो ।





