Friday, August 7, 2026
Homeखेलकुदबेलबारी फुटबल क्लब बन्यो दोस्रो एसईई कप २०८३ को विजेता

बेलबारी फुटबल क्लब बन्यो दोस्रो एसईई कप २०८३ को विजेता

लेटाङः चिसाङ फुटबल क्लब, लेटाङको आयोजनामा लेटाङ–६ स्थित सुकेचौरी खेलमैदानमा सम्पन्न दोस्रो एसईई कप २०८३ को फाइनलमा बेलबारी फुटबल क्लबले खेरुवा फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ ।

उपाधि जितेसँगै बेलबारी एफसीले नगद ३० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता खेरुवा एफसीले नगद २० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत विभिन्न विधागत पुरस्कार प्रदान गरिएको खेल संयोजक आशिष राईले जानकारी दिनुभयो ।

स्थानीय युवा खेलाडीहरूको प्रतिभा पहिचान तथा फुटबल खेलको विकास गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ ।

‘स्वच्छ खेल, उज्यालो भविष्य’ भन्ने नारासहित सञ्चालन भएको प्रतियोगितामा बेलबारीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments