Thursday, August 6, 2026
Homeफिचरसिड नेपालको सामाजिक परीक्षण सम्पन्न, लाभाग्राही र सरोकारवालाले गरे प्रशंसा

सिड नेपालको सामाजिक परीक्षण सम्पन्न, लाभाग्राही र सरोकारवालाले गरे प्रशंसा

विराटचोकः नागरिक स्वावलम्बन विकास (सिड) नेपालले मङ्गलबार सुकुना बहुमुखी क्याम्पसमा जनप्रतिनिधि, सरोकारवाला, लाभग्राही, सञ्चारकर्मीलगायतको उपस्थितिमा गत आर्थिक वर्षको सामाजिक परीक्षण गरेको छ ।

सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै सिड नेपालका निर्देशक डा. अर्जुनमणि गुरागाईँले गत आर्थिक वर्षमा संस्थाले लिएको लक्ष्यअनुसार खर्च गर्न नसकेको बताउनुभयो । लाभान्वित परिवारको असहयोगलगायतका कारणले पनि अपेक्षाअनुसार काम गर्न नसकेको उहाँले बताउनुभयो ।

कार्यक्रममा लाभग्राही विद्यार्थी, लाभग्राही परिवारका अभिभावक, सुकुना बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख बलराम पोखरेल, विभिन्न विद्यालयका प्रधानाध्यापक, सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख तथा शिक्षा शाखा प्रमुखलगायतले आफ्ना भनाइ राख्दै सिड नेपालको प्रशंसा गर्नुभएको थियो ।

सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अर्जुनराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम सहायक क्याम्पस प्रमुख गणेश दाहालले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सिड नेपालका अध्यक्ष दिनेश तामाङले स्वागत मन्तव्य व्यक्त राख्नुभएको थियो ।

कार्यक्रमका अतिथिहरुलाई खादा र मालाको सट्टा वातावरणमैत्री झोला प्रदान गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments