Monday, August 3, 2026
Homeकला र साहित्य‘झरी र इन्द्रेणी’ मा गुञ्जिए कवि गगन योक्पाङ्देन

‘झरी र इन्द्रेणी’ मा गुञ्जिए कवि गगन योक्पाङ्देन

खोर्सानेः साउन महिनाका शनिबारमा हुँदै आएको ‘झरी र इन्द्रेणी’ शृङ्खलाअन्तर्गत तेस्रो शनिबार कवि गगन योक्पाङ्देनले आफ्ना रचना सुनाएर सुन्दरहरैंचामा उपस्थित साहित्यप्रेमीको मन जित्न सफल हुनुभएको थियो ।

सुन्दरहरैंचामा कला र साहित्यको क्षेत्रमा क्रियाशील ‘नझरेका फूलहरू’को आयोजनामा भएको कार्यक्रममा योक्पाङ्देनले शुरुमा आमा शीर्षकको कविता सुनाउनुभएको थियो ।

त्यसपछि छिमेकी, पानीको जीवन, बाटोको आयु, उपहार, छोरीको चकचक, परिचय, एउटा परदेशीले, अभिशप्त रुख, साइँली सोल्टिनी र एउटा घरको दिनचर्या शीर्षकका कविता गरी ११ वटा कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा एकल कविता वाचन गर्ने कवि योक्पाङ्देनलाई आयोजक संस्थाले प्रमाणपत्र र नगदद्वारा सम्मान गरेको थियो ।

साहित्यकार हेमन यात्रीको अध्यक्षता तथा साहित्यकार मनु मञ्जिलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गायक सञ्जीव धिमालले शृङ्खलाको नाम जुराइएको गीत ‘साउनको झरी बनी तिमी आऊ न ……..’ गाउनुभएको थियो ।

कार्यक्रममा झापा, मोरङ र सुनसरीका स्रष्टाको उपस्थिति रहेको थियो ।

सो शृङ्खलाको चौथो कार्यक्रममा तीन जना सर्जकका गजल वाचन हुने आयोजकले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments