Tuesday, August 4, 2026
Homeअर्थशेयरसाना किसान विकास लघुवित्तको घट्यो खुद नाफा

साना किसान विकास लघुवित्तको घट्यो खुद नाफा

विराटचोकः गत आर्थिक वर्षमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो वर्षको तुलनामा खुद नाफा घटाएको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सो अवधिसम्मको खुद नाफाको तुलनामा २५.३६ प्रतिशत कम हो ।

लघुवित्तको खुद ब्याज आम्दानी अघिल्लो वर्षको १ अर्ब ७९ करोड ६३ लाख रुपैयाँबाट घटेर १ अर्ब २७ करोड ३९ लाख ७० हजार ३९६ रुपैयाँ कायम भएको छ । त्यस्तै, सञ्चालन मुनाफा १ अर्ब २७ करोड रुपैयाँबाट घटेर ९३ करोड रुपैयाँमा सीमित भएको छ ।

चुक्ता पूँजीका आधारमा प्रतिशेयर वितरणयोग्य नाफा ३३ रुपैयाँ ४६ पैसा कायम भएको छ ।

अघिल्लो वर्षको असार मसान्तको तुलनामा लघुवित्तको वित्तीय आधार र चुक्ता पूँजी विस्तार भएको छ । लघुवित्तको चुक्ता पूँजी ४ अर्ब ३१ करोड २६ लाख रुपैयाँबाट बढेर ४ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ पुगेको छ । सो अवधिसम्ममा लघुवित्तको जगेडा कोष ४ अर्ब ३३ करोड २८ लाख रुपैयाँ रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments