Sunday, August 2, 2026
Homeसमाचारदीपमाला ढकाल भइन् मिस नेपाल २०२६

दीपमाला ढकाल भइन् मिस नेपाल २०२६

काठमाडौंः ललितपुरको द प्लाजा पुल्चोकमा सम्पन्न ग्राण्ड फिनालेमा दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छिन् । उनी मिस नेपाल वल्र्ड घोषित भएकी छिन् ।

आर्या निशान्त मिस नेपाल इन्टरनेशनल र कशिश सुब्बा मिस नेपाल कोस्मो घोषित भएका छन् ।

ढकाल मिस नेपाल हङकङ इन्टरनेशनल–२०२६ पनि हुन् । विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरक मा उनी इन्भेस्टमेन्ट स्ट्राटेजिस्टका रूपमा कार्यरत छिन् ।

उनी ब्ल्याक बेल्ट तेक्वान्दो खेलाडी, रनवे मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक (होस्ट) तथा म्याराथन धावक पनि हुन् ।

दीपमाला गैरआवासीय नेपाली संघ (एनआरएनए) को इतिहासमै सबैभन्दा कम उमेरमा निर्वाचित सदस्य बनेकी थिइन् । उनी नेपाल क्यान्सर अस्पतालकी गुडविल एम्बास्डर पनि हुन् ।

मिस वल्र्डको मञ्चमार्फत् क्यान्सरसम्बन्धी जनचेतना फैलाउने आफ्नो अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य आफूले राखेको उनले बताउँदै आएकी छिन् ।

ढकालकी आमा पनि सन् १९९४ मा आयोजना भएको पहिलो मिस नेपाल प्रतियोगितामा सहभागी भएकी थिइन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments