Sunday, August 2, 2026
Homeअर्थशेयरओटिसी बजारमा गत आर्थिक वर्षमा ५ अर्ब ६२ करोड रुपैयाँको शेयर किनबेच

ओटिसी बजारमा गत आर्थिक वर्षमा ५ अर्ब ६२ करोड रुपैयाँको शेयर किनबेच

काठमाडौंः नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत नभएका कम्पनीहरूको शेयर किनबेच हुने ओभर द काउन्टर (ओटिसी) बजारमा गत आर्थिक वर्ष २०८२÷८३ मा साढे ५ अर्बभन्दा धेरैको कारोबार भएर ऐतिहासिक वर्ष सावित भएको छ ।

जलविद्युत, औषधि, सूचना प्रविधि र धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरूको बाहुल्यता रहेको यस बजारमा गत वर्ष अर्बौँ रुपैयाँको कारोबार भएको छ । गत आर्थिक वर्षमा ओटिसी बजारमा २ करोड ५ लाख ५३ हजार १९७ कित्ता शेयर ५ अर्ब ६२ करोड ४४ लाख ७२ हजार ५०० रुपैयाँमा किनबेच भएको छ ।

मूल्यका आधारमा यस वर्ष ओटिसी बजारमा ‘फोनपे पेमेन्ट सर्भिस’ले सबैलाई उछिनेको छ । २०८२ माघ २५ गते सो कम्पनीको शेयर प्रतिकित्ता १,३१५ रुपैयाँमा कारोबार भई वर्षकै सबैभन्दा महँगो शेयर सावित भएको थियो । डिजिटल भुक्तानीको क्षेत्रमा फोनपेले काम गर्छ । त्यसपछि फेडरल रिइन्स्योरेन्स ब्रोकरको शेयर १,०१० रुपैयाँमा कारोबार भएको थियो ।

सबैभन्दा सस्तो मूल्यमा ‘हिमशिला पावर कम्पनी’ को २०८२ मंसिर १५ गते प्रतिकित्ता ५१ रुपैयाँ ८७ पैसामा शेयर किनबेच भएको छ । त्यस्तै, बुढानिलकण्ठ हेरिटेजको शेयर ६३ रुपैयाँ १७ पैसामा किनबेच भएको थियो ।

शेयर संख्याका आधारमा ‘बुढानिलकण्ठ हेरिटेज’ को २०८२ असोज २९ गते एकै पटक २३ लाख १९ हजार ६७६ कित्ता शेयर बिक्री भएको थियो । फोनपेको ११ लाख ५२ हजार ११ कित्ता र नेपाल सेरामिकको १० लाख कित्ताको ठूला कारोबार भएको थियो ।

सबैभन्दा कम कित्ता कारोबार हुने कम्पनीमा ‘सिटिजन्स क्यापिटल’ रहेको छ । २०८२ पुस १४ गते यस कम्पनीको ५,००० कित्ता शेयर किनबेच भएको थियो । यसबाहेक टाइम फर्मास्युटिकल्सको ५,३८३ कित्ता र गज्र्याङ उपत्यका हाइड्रोपावरको ६,००० कित्ता शेयर कम शेयर कारोबार हुने सूचीमा परेका छन् ।

‘गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेड’ को सबैभन्दा बढी ९ पटक १०० देखि १३० रुपैयाँको बीचमा शेयर बिक्री भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments