Saturday, August 1, 2026
Homeकृषिकृषि उपजको मूल्यसम्बन्धी जानकारी दिने मोबाइल एप शुरु

कृषि उपजको मूल्यसम्बन्धी जानकारी दिने मोबाइल एप शुरु

काठमाडौंः सरकारले विभिन्न १२ वटा सङ्घीय कृषि बजारहरूमा कारोबार हुने कृषि उपजहरूको दैनिक थोक मूल्यसम्बन्धी विवरण प्रवाह हुने मोबाइल एप शुरु गरेको छ ।

मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत ‘कृषि उपजको बजार सुनिश्चित गर्न राष्ट्रिय कृषि बजार सूचना प्रणाली सञ्चालन गर्ने तथा एसएमएस\डिजिटल माध्यमबाट दैनिक मूल्य जानकारी कृषकसम्म पुर्याउने’ कार्यान्वयनका सन्दर्भमा सो एप शुरु गरिएको जनाइएको छ ।

अब काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका साथै सुनसरी, झापा, धनुषा, सर्लाही, सिन्धुली, कास्की, नवलपरासी, रुपन्देही, बाँके, सुर्खेत र कैलालीका सङ्घीय कृषि उपज बजारहरूमा कारोबार हुने कृषि उपजहरूको दैनिक थोक मूल्यको विवरण ‘एएमपिआइएस नेपाल’ एप्लिकेशनमार्फत् किसान र उपभोक्ताले थाहा पाउने भएका हुन् ।

उक्त मोबाइल एप्लिकेसन कृषि, वन तथा पर्यावरण मन्त्रालयको कृषि विभागको वेवसाइटमा राखिएको क्युआर स्क्यान गरेर पनि प्रयोगमा ल्याउन सकिने जनाइएको छ ।

सो एप्लिकेसनको प्रयोगबाट उल्लिखित कृषि बजारहरूमा दैनिक कारोबार हुने कृषि उपजको थोक मूल्यको न्यूनतम, अधिकतम र औसत मूल्य, बजारअनुसार मूल्यको तुलना, कृषि उपजको मूल्य प्रवृत्ति र कृषि मौसमी सल्लाह बुलेटिन सम्बन्धी विवरण समेत प्रवाह हुने भएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments