Tuesday, July 28, 2026
Homeशिक्षा र स्वास्थ्यतीन दिन इटहरीका विद्यालय बन्द हुने

तीन दिन इटहरीका विद्यालय बन्द हुने

इटहरीः इटहरी उपमहानगरपालिकाले नगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालय आइतबारसम्म बन्द रहने र सोमबारदेखि नियमित रूपमा सञ्चालन हुने जनाएको छ ।

नगर प्रमुख हेमकर्ण पौडेलद्वारा जारी सूचनाअनुसार अत्यधिक मौसमी प्रतिकूलताका कारण विद्यार्थीको सिकाइ तथा विद्यालयका शैक्षिक गतिविधिमा प्रत्यक्ष असर परेकाले शैक्षिक सत्र २०८३ को बिदाबाट कट्टा हुने गरी साउन १३ गतेदेखि १५ गते (तीन दिन) सम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

१६ गते शनिबार र १७ गते आइतबार सार्वजनिक बिदाका दिन परेका हुनाले अब सोमबारदेखि मात्रै नगरका विद्यालय सञ्चालन हुने भएका हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments