Tuesday, July 28, 2026
Homeसमाचारमोरङमा डिजेको प्रयोग गर्न प्रशासनद्वारा रोक

मोरङमा डिजेको प्रयोग गर्न प्रशासनद्वारा रोक

विराटचोकः जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र आयोजना हुने विभिन्न सार्वजनिक तथा निजी कार्यक्रमहरूमा डीजे प्रयोग गर्न रोक लगाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनामा जिल्लाभित्र हुने मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी उत्सव, श्राद्धपर्व, धार्मिक कार्यक्रम, पुराणलगायतका कार्यक्रम तथा अन्य कुनै पनि स्थानमा छुट्टै अनुमति वा सूचना जारी नगरिएको अवस्थामा डीजेको प्रयोग गर्न निषेध गरिएको उल्लेख छ ।

प्रशासनले सूचना विपरीत डीजे प्रयोग गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments