Tuesday, July 28, 2026
Homeफिचरसुनसरीका १० स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका १० स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

इटहरीः जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका १० स्थानीय तहमा मङ्गलबार बेलुका ९ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव प्रसाद अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कफ्र्यु आदेश जारी गरेका हुन् ।

प्रशासनका अनुसार कफ्र्यु अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्ना लगायतका गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ । आदेश उल्लंघन गर्ने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।

यी हुन् कर्फ्यु आदेश लागेका १० पालिका 
१. इटहरी उपमहानगरपालिका वडा नं. १६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र,
२. रामधुनी नगरपालिका वडा नं. १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र,
३. इनरुवा नगरपालिका,
४. दुहबी नगरपालिका,
५. भोक्राहा नरसिंह गाउँपालिका,
६. कोशी गाउँपालिका,
७. गढी गाउँपालिका,
८. देवानगञ्ज गाउँपालिका,
९. हरिनगर गाउँपालिका
१०. बर्जु गाउँपालिका

ती गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा कर्फ्यु आदेश लागू हुने प्रशासनले जनाएको छ ।

प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न अपिल गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments