Saturday, July 25, 2026
Homeसमाचारलायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन

लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन

इटहरीः लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सी अन्तर्गत एरिया–४ को सचिवालय औपचारिक रूपमा उद्घाटन गरिएको छ । डिष्ट्रिक्ट गभर्नर लीलाप्रसाद चिमरियाले लायन्स भवनमा आयोजित विशेष समारोहबीच सचिवालयको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहमा एरिया–४ का एरिया चिफ दुर्गाप्रसाद पौडेलले डिष्ट्रिक्ट ३२५ सी अन्तर्गत रहेका सातवटा एरियामध्ये एरिया–४ ले सबैभन्दा पहिले सचिवालय स्थापना गरेको बताउनुभयो ।

उहाँले सचिवालय सञ्चालनसँगै एरियाभित्रका क्लबबीच समन्वय, सेवा गतिविधि तथा प्रशासनिक कार्य थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

समारोहलाई सम्बोधन गर्दै डिष्ट्रिक्ट गभर्नर लीलाप्रसाद चिमरियाले एरिया–४ ले छोटो समयमै सञ्चालन गरेका गतिविधि र सक्रियताको प्रशंसा गर्दै सचिवालय स्थापना एरियाको संस्थागत विकासतर्फको महत्त्वपूर्ण कदम भएको उल्लेख गर्नुभयो ।

अरु एरियालाई पनि यसले शिक्षा दिने बताउँदै उहाँले डिष्ट्रिक्ट ३२५ सीको पहिलो क्याबिनेट बैठक विराटनगरमा आयोजना हुन लागेको उल्लेख गर्दै उक्त बैठक ऐतिहासिक हुने दाबी गर्नुभयो । सो बैठकले डिष्ट्रिक्टको आगामी कार्यदिशा तय गर्नुका साथै सेवा अभियानलाई अझ प्रभावकारी बनाउने विश्वास आफूले लिएको उहाँको भनाइ थियो ।

कार्यक्रममा एरिया कोअर्डिनेटर भूपराज पुरीले लायन्सभित्र सकारात्मक प्रतिस्पर्धा आवश्यक रहेकोमा जोड दिँदै स्वस्थ प्रतिस्पर्धाले क्लबहरूलाई अझ सक्रिय, प्रभावकारी र सेवामुखी बनाउन सहयोग पुग्ने बताउनुभयो ।

सचिवालय उद्घाटन समारोहमा डिष्ट्रिक्ट तथा एरिया अन्तर्गतका पदाधिकारी, विभिन्न लायन्स क्लबका अध्यक्ष, सदस्य तथा समाजसेवीहरूको उपस्थिति थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments