Saturday, July 25, 2026
Homeअर्थशेयरसाताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि

साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि

विराटचोकः साताको अन्तिम कारोबार दिन हिजो शुक्रबार शेयर बजार मापक नेप्से परिसूचक ०.२८ प्रतिशत अर्थात ७.८८ अंकले बढेर २७३४.६० बिन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३५३ स्क्रिप्टको १ करोड ३७ लाख ६९ हजार १०० कित्ता शेयर ७० हजार १५८ पटक किनबेच हुँदा ६ अर्ब २६ करोड ७२ लाख २६ हजार ७२२ रुपैयाँको शेयर किनबेच भएको छ । अघिल्लो दिन भने ४ अर्ब ६९ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाउँदा बैंकिङ समूह सर्वाधिक १.१७ प्रतिशतले बढेको छ । सामुहिक लगानी कोष समूह सर्वाधिक अर्थात २.०८ प्रतिशतले घटेको छ ।

शुक्रबार रिडी पावरको सर्वाधिक ३० करोड ९३ लाख १९ हजा २३९ रुपैयाँको शेयर किनबेच भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर, कुमारी बैंक, आँखुखोला जलविद्युत र कर्पाेरेट डेभलपमेन्ट बैंक उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।

शुक्रबार पनि एभरेष्ट कलर लिमिटेडको शेयरमूल्य १५ प्रतिशत बढेको छ । आत्मनिर्भर लघुवित्तको शेयरमूल्य १४.४६ प्रतिशत बढेको छ ।

उच्च मूल्य घट्ने कम्पनीमा सामुहिक लगानी कोष समूह र ऋणपत्रहरू रहेका छन् ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब ९९ अर्ब ६० करोड ९३ लाख ५९ हजार ६३६ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments