Tuesday, July 21, 2026
Homeशिक्षा र स्वास्थ्यछात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका सुकुनाका थप एक जना शिक्षक पक्राउ, पक्राउ...

छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका सुकुनाका थप एक जना शिक्षक पक्राउ, पक्राउ पर्नेको सङ्ख्या पुग्यो चार

विराटचोकः सुकुना माविमा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा सो विद्यालयका सङ्गीत शिक्षक भीम नेपाल पनि पक्राउ परेका छन् । सो प्रकरणमा पक्राउ पर्नेहरूको सङ्ख्या चार पुगेको छ ।

मोरङ प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएका च्याटहरूका आधारमा विद्यालयका लेखा अधिकृत तथा शिक्षक अविरल मास्के, बस चालक प्रदीप भट्टराई र शिक्षक किशोरलाल गच्छदारलाई हिजो बिहान पक्राउ गरेको थियो । घटना सार्वजनिक भएपछि फरार रहेका सङ्गीत प्रशिक्षक भीम नेपाललाई हिजो साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका च्याटमध्ये सबैभन्दा दुर्व्यवहारपूर्ण आशयको च्याट नेपालको थियो । उनले एक छात्रालाई ‘मेरो रूममा आऊ , यतै खाना बनाऔँ, खाऔँ, बसौँ अनि बिहान सँगै जाऔँला,’ भन्दै च्याट गरेका थिए ।

पक्राउ परेका ४ जनामध्ये विद्यालयले आफ्नो फेसबुक पेजमार्फत् ३ जनालाई निलम्बन गरेको छ । पक्राउ परेकामध्ये गच्छदारलाई भने विद्यालयले निलम्बन गरेको छैन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments