Tuesday, July 21, 2026
Homeअर्थशेयरलगातार छैटौं कारोबार दिन बढ्यो नेप्से, कारोबार पनि नाघ्यो ६ अर्ब रुपैयाँ

लगातार छैटौं कारोबार दिन बढ्यो नेप्से, कारोबार पनि नाघ्यो ६ अर्ब रुपैयाँ

विराटचोकः लगातार छैटौँ दिन शेयर बजार बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२६ प्रतिशत अर्थात ७.२५ अंकले बढेर २ हजार ७२६.४९ विन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३४३ स्टकको १ करोड ४९ लाख २४ हजार ३०२ कित्ता शेयर ७५ हजार १० पटक किनबेच हुँदा ६ अर्ब ६७ करोड १० लाख १७ हजार ९७१ रुपैयाँको शेयर किनबेच भएको हो । हिजो ५ अर्ब ५१ करोड २६ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाउँदा व्यापार समूह सर्वाधिक अर्थात् २.८८ प्रतिशतले बढेको छ । सामूहिक लगानी कोष समूह सर्वाधिक अर्थात ०.७१ प्रतिशतले घटेको छ ।

उच्च कारोबार गर्ने रिडी, उच्च मूल्य बढ्ने एभरेष्ट कलर
कारोबार रकम बढेको बजारमा आज रिडी पावर कम्पनीको सर्वाधिक ५५ करोड ७७ लाख ५० हजार ७५४ रुपैयाँको शेयर किनबेच भएको छ । आँखुखोला जलविद्युत, रिलायन्स स्पीनिङ मिल्स, हिमालयन रिइन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।

हालै दोस्रो बजारमा सूचीकृत भएको एभरेष्ट कलर लिमिटेडको शेयरमूल्य आज १५ प्रतिशतले बढेको छ । कालंगा हाईड्रोको शेयरमूल्य ७.५० प्रतिशत, बोटलर्स नेपाल बालाजुको ७.४२ र सानिगाड हाईड्रोको सेयरमूल्य ६.५६ प्रतिशतले बढेको छ ।

बजार बढे पनि कर्पोरेट डेभलपमेन्ट बैंकको सशयरमूल्य सर्वाधिक अर्थात ६.५४ प्रतिशतले घट्दा भुजुङ हाईड्रोको शेयरमूल्य ४.५८ प्रतिशत र चिरख्वा हाईड्रोको शेयरमूल्य ४.४४ प्रतिशतले घटेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब ८५ अर्ब ६७ करोड १३ लाख ३० हजार ८०१ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments