विराटचोकः बिहीबारको चुनावी परिणामसँगै ५९ सदस्यीय राष्ट्रिय सभामा दलहरूको आकार हेरफेर भएको छ ।
सबभन्दा ठूलो पार्टी रहेको एमाले तेस्रोमा झरेको छ । राष्ट्रियसभामा हाल एमालेका १७ सदस्य (राष्ट्रपतिबाट मनोनित डा. विमला पौडेल राई बाहेक) छन् । उनीहरूमध्ये ८ जनाको पदावधि २० फागुनमा सकिने छ । बिहीबार निर्वाचित भएकी रुक्मिणी कोराइला थपिँदा एमालेसँग १० सांसद मात्र हुनेछन् ।
माओवादी केन्द्र सबभन्दा ठूलो दल बनेको छ । अहिले दोस्रो दल माओवादीसँग १५ सांसद छन् । ३ जनाको कार्यकाल सकिँदा ५ जना थपिने भएका छन् र २१ फागुनबाट १७ सांसदसहित राष्ट्रियसभाको सबभन्दा ठूलो दल हुनेछ ।
कांग्रेस दोस्रोमा उक्लिने छ । अहिले कांग्रेस १० सांसदसहित तेस्रो दल छ । चार सांसदको कार्यकाल सकिँदा १० जना थपिने छन् र १६ सिटसहित दोस्रो ठूलो दल बन्ने छ ।
कर्णालीबाट राष्ट्रियसभामा निर्वाचित कांग्रेसका कृष्णबहादुर रोकाया, एकीकृत समाजवादीकी सावित्री मल्ल र माओवादी केन्द्रका विष्णु बिक, एकीकृत समाजवादीका ८ सांसद छन् । २ जना फागुनबाट बिदा हुँदै गर्दा बिहीबार २ जना निर्वाचित भएका छन् ।
जसपाकी प्रमिलाकुमारी यादवको कार्यकाल २० फागुनमा सकिँदा बिहीबार पूजा चौथरी निर्वाचित भएकी छिन् ।
राष्ट्रिय सभामा राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । सत्ता गठबन्धनमा राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको स्थानमा जनमोर्चाकी दुर्गा पौडेललाई ल्याउने सहमति भएको छ । त्यसो भएमा जनमोर्चाका पनि दुई सांसद हुनेछन् ।
लोसपाका एक जना सांसद राष्ट्रिय सभामा छन् ।
यी हुन् राष्ट्रिय सभामा निर्वाचित हुने १९ जना