गछियाः आश्रय सुधार केन्द्रले मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ३ मा रहेको जनता आधारभूत विद्यालयका ६१ ज्ना छात्रछात्राहरूलाई न्यानो कपडा वितरण गरेको छ ।
सुधार केन्द्रका निर्देशक सेवक खत्रीले चिसोको समयमा समेत पातलो कपडा लगाएर विद्यालय आउने गरेका बालबालिकालाई सामाजिक उतरदायित्व अन्तरगत न्यानो कपडा प्रदान गरिएको बताए ।
वडा नं ३ का वडाध्यक्ष विदुर ढुंगाना, महिला अधिकारकर्मी कल्पना घिमिरे लगायतको उपस्थितिमा न्यानो कपडा वितरण गरिएको थियो ।