Tuesday, July 21, 2026
Homeसमाचारआज देशका केही स्थानमा भारी वर्षाको सम्भावना, गत २४ घण्टामा झापाको अनारमनीमा...

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना, गत २४ घण्टामा झापाको अनारमनीमा १०८.६ मिलिमिटर वर्षा

विराटचोकः हाल नेपालमा मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

महाशाखाका अनुसार गत २४ घण्टामा झापाको अनारमनीमा सबैभन्दा धेरै १०८.६ मिलिमिटर वर्षा भएको छ । त्यसपछि सबैभन्दा धेरै मकवानपुरको मकवानपुरगढीमा ८९.८ मिलिमिटर वर्षा भएको छ । पछिल्लो १ घण्टामा झापाको बाहुनडाँगीमा सबैभन्दा धेरै १७.६ मिलिमिटर वर्षा भएको छ ।

आज देशका अधिकांश स्थानमा बादल लागेको महाशाखाले जनाएको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

आज राति देशभर साधारणतया बादल लाग्ने तथा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा, मधेश प्रदेश तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments