Saturday, July 18, 2026
Homeसमाचारमनसुन पुनः सक्रिय, आगामी तीन दिन निरन्तर वर्षाको सम्भावना

मनसुन पुनः सक्रिय, आगामी तीन दिन निरन्तर वर्षाको सम्भावना

विराटचोकः नेपालमा आगामी तीन दिन देशका अधिकांश भूभागमा निरन्तर वर्षा हुने सम्भावना रहेको छ । विगत केही दिन कमजोर बनेको मनसुन फेरि सक्रिय भएसँगै विभिन्न क्षेत्रमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ ।

विभागका अनुसार पछिल्लो समय देशभर मनसुनी वायुको प्रभाव बढेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा तराई र पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेकाले मध्य र पश्चिम नेपालमा मनसुन थप सक्रिय हुने अनुमान गरिएको छ ।

शुक्रबार र शनिबार दिउँसोको तुलनामा शनिबार रातिदेखि मनसुनी वर्षा थप सक्रिय हुने सम्भावना रहेको बताइएको छ । शनिबार रातिदेखि पूर्वी तराई, मध्यपहाड, पश्चिम नेपाल तथा हिमाली भेगका अधिकांश स्थानमा वर्षा हुने सम्भावना छ ।

त्यस्तै, केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन र पूर्वसूचना पालना गर्न विभागले आग्रह गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments