विराटचोकः आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुनको भाउ तोलामा ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा ७५ रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।





