Wednesday, July 15, 2026
Homeसमाचारकोशीमा ६ महिनामा ३३१ जना मानवअधिकार उल्लङ्घनका घटनाबाट पीडित

कोशीमा ६ महिनामा ३३१ जना मानवअधिकार उल्लङ्घनका घटनाबाट पीडित

धनकुटाः कोशी प्रदेशमा सन् २०२६ को पहिलो ६ महिनामा मानवअधिकार उल्लंघनका घटनाबाट ३३१ जना पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को तथ्याङ्कले देखाएको छ ।

मानव अधिकार एलाइन्सको २७ औँ स्थापना दिवसका अवसरमा धनकुटामा आयोजित अन्तरक्रिया कार्यक्रममा इन्सेकका कोशी प्रदेशका प्रमुख मनोहर पोख्रेलले प्रदेशको पछिल्लो मानवअधिकार अवस्थाबारे जानकारी दिँदै उक्त तथ्याङ्क प्रस्तुत गर्नुभएको हो ।

यी ६ महिनामा महिला अधिकारसँग सम्बन्धित ६१ वटा, बाल अधिकारसँग सम्बन्धित १११ वटा तथा नागरिक अधिकारसँग सम्बन्धित १५९ वटा मानवअधिकार उल्लङ्घनका घटना अभिलेख भएका हुन् ।

सन् २०२५ मा कोशी प्रदेशमा मानवअधिकार उल्लङ्घनका घटनाबाट १ हजार ४८९ जना पीडित भएको इन्सेकले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments