काठमाडौंः नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर विरोध प्रदर्शन गरेको छ ।
गरिबको आवाज दबाउन पाइँदैन लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गर्ने क्रममा केही बेर सवारी आवागमन असहज भएको ट्राफिक प्रहरीले जनाएको छ ।
त्यसपछि प्रहरीले प्रदर्शनकारीलाई त्यहाँबाट हटाएको थियो ।





