विराटचोकः आज पनि सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १६० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।
आज चाँदी प्रतितोला ४ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





