फिदिमः वर्षाका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध भएका छन् ।
प्रहरीका अनुसार मेची राजमार्गअन्तर्गत इलामको माइखोला नजिकको राजदुवालीमा सडक अवरुद्ध छ । त्यस्तै तमोर करिडोरअन्तर्गतको पाँचथर र धनकुटाको सिमाना बग्ने नावा खोलामा बाढी आएकाले यातायत ठप्प छ ।
मेची राजमार्ग अवरुद्ध हुँदा इलाम, पाँचथर, ताप्लेजुङ र तेह्थुमको आठराई क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । मेची राजमार्गको विकल्पमा रहेको तमोर करिडोर पनि अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङको राष्ट्रिय राजमार्गसँगको सम्पर्क टुटेको छ ।





