Tuesday, June 30, 2026
Homeकृषिकेराबारीका किसानलाई ७५ प्रतिशत अनुदानमा प्रविधि हस्तान्तरण

केराबारीका किसानलाई ७५ प्रतिशत अनुदानमा प्रविधि हस्तान्तरण

केराबारीः मोरङको केराबारी गाउँपालिकाले आज पालिकाका विभिन्न वडाका किसानलाई ७५ प्रतिशत अनुदानमा प्रविधि हस्तान्तरण गरेको छ ।

गाउँपालिका उपाध्यक्ष मनमाया मगरको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठको प्रमुख आतिथ्यता तथा प्रवक्ता नारायणप्रसाद भुजेलको आतिथ्यतामा भएको कार्यक्रममा प्रविधि प्रदान गरिएको हो ।

केराबारी गाउँपालिकाको रेमी परियोजना अन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुलाई स्वदेशमै उद्यमशील बनाउन माग तथा मुल्याङ्कनमा आधारित रहेर विभिन्न वडाका किसानलाई विभिन्न कृषि, लघुउद्यम तथा पशुपालन सम्बन्धि प्रविधि वितरण गरिएको हो ।

यसरी वितरण गरिएको सामग्रीमा च्यापकटर १४ थान, हाते ट्याक्टर– ३ थान, साधारण टनेल १५ थान, युभि टनेल ३० थान, मल्चिङ प्लास्टिक २५ थान, ग्रिन नेट जाली १० थान रहेका छन् ।

त्यस्तै, इलेक्ट्रिक स्प्रेयर २० थान, कम्बाइन मिल– १ थान, तौल मापक यन्त्र– २ थान, इलेक्ट्रिक मेज सेलर– १ थान र सिङ्गल मिल्किङ मेसिन – १ थान प्रदान गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments