Monday, June 22, 2026
Homeअर्थशेयरसातामा करिब १ प्रतिशत घट्यो नेप्से

सातामा करिब १ प्रतिशत घट्यो नेप्से

विराटचोकः गत साता नेप्से परिसूचक करिब १ प्रतिशत अर्थात् ०.८० प्रतिशत घटेको छ । अघिल्लो साता २७२४.०३ विन्दुमा बन्द भएको नेप्से गत साता ०.८० प्रतिशत अर्थात २१.९२ अंक घटेर २७०२.११ विन्दुमा बन्द भएको छ ।

पाँच कारोबार दिनका लागि बजार खुल्दा दुई कारोबार दिन नेप्से सामान्य अंक बढेको थियो भने तीन कारोबार दिन घटेको थियो ।

गत साता कारोबार रकम पनि घटेको छ । अघिल्लो साता दैनिक औसतमा ४ अर्ब ६१ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा गत साता दैनिक औसतमा ४ अर्ब ९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

नेप्सेको कुल बजार पूँजीकरण पनि करिब १ प्रतिशत घटेको छ ।

१३ उपसमूहमध्ये १ उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको छ । बाँकी सबै समूहको परिसूचक घटेको छ । अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.१० प्रतिशत घटेको छ ।

गत साता तीन कम्पनीको २ करोड ९ लाख ८ हजार ९८८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर तथा याम्बालिङ्ग हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।

गत साता एपोलो हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक अर्थात् १०१.०५ प्रतिशत बढेको छ । सोपान फर्मास्युटिकल्सको शेयरमूल्य करिब साढे ९९ प्रतिशत बढेको छ । सपोर्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे १० प्रतिशत बढेको छ ।

ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ११.५१ प्रतिशत घटेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments