काठमाडौंः साताको अन्तिम कारोबार दिन आज शेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.६० प्रतिशत अर्थात १.६३ अंकले बढेर २ हजार ७०२.११ बिन्दुमा अडिएको छ । यद्यापि इन्ट्रा डे कारोबारमा नेप्से २६९२ सम्म झरेको थियो ।
नेप्सेमा सूचीकृत ३५३ कम्पनीको १ करोड ९ लाख २२ हजार ५२५ कित्ता शेयर ६१ हजार १७० पटक किनबेच हुँदा ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार ५६८ रुपैयाँको शेयर किनबेच भएको छ ।
१३ वटा समूहमध्ये ७ वटामा हरियाली छाउँदा व्यापार समूह सर्वाधिक अर्थात ०.७५ प्रतिशतले बढेको थियो । सामुहिक लगानी कोष समूह सर्वाधिक अर्थात ०.४९ प्रतिशतले घटेको छ ।
सूचक बढेको बजारमा आज ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८६\८७ को सर्वाधिक ३३ करोड ११ लाख २२ हजार रुपैयाँको शेयर किनबेच भएको छ । ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८४\८५ को ३२ करोड ७६ लाख १३ हजार रुपैयाँको शेयर किनबेच भएको छ । सोपान फर्मास्युटिकल्स, आँखुखोला जलविद्युत र युनाइटेड मोदी हाईड्रो उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।
आज एपोलो हाईड्रोपावरको शेयरमूल्य सर्वाधिक १५ प्रतिशत बढेको छ । सोपान फर्मास्युटिकल्सको सेयरमूल्य १४.०२ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ९.०८, रिलायन्स फाइनान्सको ६.७२ र गुराँस लघुवित्तको सेयरमूल्य ४.५५ प्रतिशतले बढेको छ ।
बुङ्गल हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात १२.४५ प्रतिशतले घट्दा आत्मनिर्भर लघुवित्तको सेयरमूल्य पनि आज १०.२१ प्रतिशत घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब १७ अर्ब ९ करोड ४१ लाख ७४ हजार ८५ रुपैयाँ कायम भएको छ ।




