Friday, June 19, 2026
Homeखेलकुदलगातार दोस्रो जीतसँगै एक खेल अगावै सहआयोजक मेक्सिको पुग्यो विश्वकपको नकआउट चरणमा

लगातार दोस्रो जीतसँगै एक खेल अगावै सहआयोजक मेक्सिको पुग्यो विश्वकपको नकआउट चरणमा

विराटचोकः फिफा विश्वकप २०२६ को सहआयोजक राष्ट्र मेक्सिको एक खेल खेल्न बाँकी छँदै नक आउट चरणमा प्रवेश गरेको छ ।

मेक्सिकोको ग्वाडलाजारा स्टेडियममा आज बिहान भएको खेलमा दक्षिण कोरियालाई १–० ले हराउँदै मेक्सिको एक खेलअगावै नकआउट चरणमा प्रवेश गरेको हो ।

मेक्सिकोको जीतमा लुइस रोमोले निर्णायक गोल गरेका थिए । उनले खेलको ५० औं मिनेटमा गरेको गोल नै मेक्सिकोको जीतका लागि पर्याप्त भयो र समूह चरणको एक खेल खेल्न बाँकी रहँदै सो नक आउट चरणमा प्रवेश गर्याे ।

समूह ‘ए’ बाट ६ अंक जोड्दै मेक्सिको नकआउट चरणमा पुग्दा आजको खेलमा पराजित भए पनि दक्षिण कोरियाको ३ अंक रहेकाले दक्षिण कोरियाको पनि नकआउट पुग्ने सम्भावना कायमै छ ।

दक्षिण कोरियाले पहिलो खेलमा चेक रिपब्लिकलाई पराजित गरेको थियो । मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

२ खेलबाट समान एक अंक जोडेका चेक रिपब्लिक र दक्षिण अफ्रिकाको पनि नकआउट चरणमा पुग्ने सम्भावना जीवितै छ ।

आजको जीतसँगै जारी विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो टोली मेक्सिको बनेको छ । सन् २०१८ को विश्वकपमा अन्तिम–१६ सम्म पुगेको मेक्सिको सन् २०२२ मा भने समूह चरणबाटै बाहिरिएको थियो ।

यस पटकको विश्वकपमा पनि उसको प्रदर्शन राम्रै देखिएको खेल विश्लेषक बताउँछन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments