Thursday, June 18, 2026
Homeखेलकुदमध्यान्तरअघिको बराबरीको स्थितिलाई मध्यान्तरपछिका गोलले जीतको नतिजा निकाल्न सफल इंग्ल्याण्ड

मध्यान्तरअघिको बराबरीको स्थितिलाई मध्यान्तरपछिका गोलले जीतको नतिजा निकाल्न सफल इंग्ल्याण्ड

विराटचोकः फिफा विश्वकपअन्तर्गत इंग्ल्यान्डले क्रोएसियालाई ४–२ गोलले पराजित गरेको छ । मध्यान्तरअघिको खेल २–२ गोलको बराबरीमा सकिएकोमा मध्यान्तरपछि इंग्ल्याण्डले थप २ गोल गरेपछि उसले ४–२ को नतिजा निकाल्दै ३ अंक जोडेको हो ।

इंग्ल्याण्डका लागि कप्तान ह्यारी केनले दुई गोल अनि जुड बलिङहम र मार्कुस रासफोर्डको एक–एक गोल गरेका थिए ।

डालास स्टेडियममा भएको खेलमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले १२ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । केनले सुरुमा प्रहार गरेको पेनाल्टी क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले बचाएका थिए । तर केनले बल प्रहार गर्नुअघि नै लिभाकोभिक अगाडि बढेको देखिएपछि पुनः पेनाल्टी प्रहार गरिएको थियो र केनले सहजै गोल गरेका थिए ।

त्यसपछि क्रोएसियाका मार्टिन बाटुरिनाले ३६ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । फेरि इंग्ल्याण्डका केनले ४२ औं मिनेटमा डेक्लान राइसको कर्नरमा गोल गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रता दिलाएका थिए । मध्यान्तरअघिको इन्जुरी समयमा क्रोएसियाका पिटर मुसाले गोल गरी खेललाई बराबरीको स्थितिमा फर्काएका थिए ।

मध्यान्तरपछि खेल शुरु हुनासाथ अर्थात् खेलको ४७ औं मिनेटमा जुड बलिङहमले गोल गर्दै इंग्ल्यान्डलाई ३–२ को अग्रता दिलाए । उनले एलिएट एन्डरसनको पासमा गोल गरेका थिए ।

खेलको ८५ औँ मिनेटमा मार्सक रासफोर्डले इंग्ल्यान्डका लागि चौथो गोल गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments