Wednesday, June 17, 2026
Homeखेलकुदविश्वकपमा पहिलो पटक सहभागी जोर्डन अष्ट्रियासँग पराजित

विश्वकपमा पहिलो पटक सहभागी जोर्डन अष्ट्रियासँग पराजित

विराटचोकः अमेरिकाको क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रंगशालामा आज भएको खेलमा अष्ट्रियाले जोर्डनलाई ३–१ ले पराजित गरेको छ ।
फिफा विश्वकप–२०२६ को समूह चरणको पहिलो खेलमा अष्ट्रियाको जीतमा रोमानो स्चमिड र मार्काे अर्नाटोभिकले एकएक गोल गरेका थिए भने एक गोल आत्मघाती गोल भएको थियो ।

योसँगै जारी विश्कपमा ३ वटा गोल आत्मघाती भइसकेका छन् । खेलको २० औं मिनेटमा रोमानोले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए । तर, ५० औं मिनेटमा अली ओल्वानले गोल गर्दै जोर्डनलाई बराबरीमा फर्काएका थिए । खेलको ७६ औं मिनेटमा जोर्डनका याजान अलारबले आत्मघाती गोल गरेका थिए भने मध्यान्तरपछिको इन्जुरी समयमा डिबक्सभित्र जोर्डनका खेलाडीको हातमा बलले लागेपछि अष्ट्रियाले पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई सदुपयोग गर्दै मार्काेले अर्काे गोल गरेका थिए ।

पहिलो पटक विश्वकप खेल्न पुगेको जोर्डनलाई आठौं पटक विश्वकप खेल्दै गरेको अष्ट्रियाले पराजित गरेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments