विराटचोकः फिफा विश्वकप २०२६ अन्तर्गत हिजो राति भएको खेलमा ४ पटकको विश्वकप विजेता जर्मनीले डेब्युटान्ट कुरासाओलाई ७–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।
पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओका लागि लिभानो कोमेनेन्सियाले पूर्व विजेता जर्मनीविरुद्ध ऐतिहासिक पहिलो गोल गरेका थिए । त्यसपछि जर्मनीले लगातार खेलको मध्यान्तरअघि ३ र मध्यान्तरपछि ४ गोल गरेको थियो ।
जीतसँगै जर्मनीले तीन अंक जोडेको छ । समूह ‘इ’ मा रहेको जर्मनीका लागि काई हाभाट्र्जले दुई तथा फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसिएला, नाथनियल ब्राउन , डेनिज उन्डाभले एक–एक गोल गरेका थिए ।
पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओले विश्वकपको डेब्यु खेलमै चार पटकको विश्व विजेता जर्मनी विरुद्ध ऐतिहासिक गोल गरेको हो । कुरासाओका लिभानो कोमेनेन्सियाले खेलको २१ औं मिनेटमा गोल गरेका थिए ।
सन् २०१४ मा ब्राजिलमा विश्वकपको उपाधि जितेको जर्मनी त्यसपछि २०१८ र २०२२ मा भने समूह चरणबाटै बाहिरिएको थियो ।
जर्मनीले अब अर्को खेलमा आइभरीकोष्टसँग र कुरासाओले इक्वेडरसँग खेल्नेछ ।
समूह इ कै अर्को खेल आज बिहान आइभरीकोष्ट र इक्वेडरबीच हुनेछ ।




