विराटचोकः मध्यान्तरअघिको खेलमा फिफा विश्वकप २०२६ अन्तर्गत डलास स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्स र जापानले गोलरहित बराबारी खेले पनि मध्यान्तरपछि दुवै टिमले २–२ गोल गरेका छन् ।
खेलको ५० औं मिनेटमा नेदरल्याण्ड्सका भर्जिल भान डाइकले हेडरमार्फत् गोल गरी टोलीलाई अग्रता दिलाएका थिए । त्यसको सात मिनेटमा नै जापानका केइतो नाकामुराले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
फेरि त्यसको सात मिनेटपछि खेलको ६४ औं मिनेटमा नेदरल्याण्ड्सका क्रिसेन्सो समरभिलले गोल गरेका थिए भने ८९ औं मिनेटमा जापानका डाइची कामाडाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।




