Sunday, June 14, 2026
Homeशिक्षा र स्वास्थ्यमनाइयो विश्व रक्तदाता दिवस

मनाइयो विश्व रक्तदाता दिवस

विराटचोकः आज विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइएको छ ।

सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे जनचेतना अभिवृद्धि गर्नुका साथै निःशुल्क र स्वेच्छिक रूपमा रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जुन १४ मा यो दिवस मनाइन्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सुरक्षित रगतको आपूर्ति सुधारतर्फ विश्वव्यापी रूपमा उल्लेखनीय प्रगति भए पनि सुरक्षित रगतमा पहुँचका दृष्टिले अझै ठूलो असमानता कायम छ । डब्ल्युएचओले १३२ देशबाट सङ्कलन गरेको तथ्याङ्कअनुसार सन् २०१३ देखि २०२३ सम्म विश्वभर रगत सङ्कलन करिब १९ प्रतिशतले वृद्धि भएको छ । स्वेच्छिक तथा निःशुल्क रक्तदाताबाट ८५ प्रतिशत रगत आपूर्ति हुने गरेको छ ।

विशेषगरी कम आय भएका मुलुकमा प्रसूतिको समयमा अत्यधिक रक्तस्राव भएका महिला, गम्भीर रक्तअल्पताबाट पीडित बालबालिका, दुर्घटना तथा आगलागीमा घाइते भएका व्यक्ति, शल्यक्रियारत बिरामी तथा थालासेमिया, हेमोफिलिया, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र केही प्रकारका क्यान्सरबाट प्रभावित बिरामीले आवश्यक रगत समयमै प्राप्त गर्न कठिनाइ भोगिरहेका छन् ।

डब्लुएचओका अनुसार विश्वको जनसङ्ख्याको केवल १५ प्रतिशत हिस्सा ओगटेका उच्च आय भएका देशहरूले विश्वभर सङ्कलित कुल रक्तदानको ३६ प्रतिशत सङ्कलन गर्छन् । यसको विपरीत, सीमित वित्तीय स्रोत, कमजोर पूर्वाधार, ढुवानी तथा व्यवस्थापनसम्बन्धी चुनौती र पर्याप्त रक्तदाता अभावका कारण धेरै कम आय भएका देशहरूमा रगतको आपूर्ति अपुग हुने समस्या कायम छ ।

केही देशमा प्रति एक हजार जनसङ्ख्यामा शून्य दशमलव चार पटक मात्र रक्तदान हुने गरेको छ भने केही देशमा यो दर ५३ पटकसम्म पुगेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments