Sunday, June 14, 2026
Homeखेलकुदछैटौँ पटक उपाधि जित्ने दाउमा रहेको ब्राजिल समूह चरणको पहिलो खेलमा मोरक्कोसँग...

छैटौँ पटक उपाधि जित्ने दाउमा रहेको ब्राजिल समूह चरणको पहिलो खेलमा मोरक्कोसँग बराबरीको नतिजामा

विराटचोकः फिफा विश्वकप २०२६ को छैटौँ खेलमा पाँच पटकको विजेता ब्राजिल मोरक्कोसँग १–१ को बराबरीमा रोकिएको छ ।

खेलको २१ औं मिनेटमा मोरक्कोका इस्माइल साइबारीले गरेको जवाफ ब्राजिलका भिनिसियस जुनियरले ३२ औं मिनेटमा फर्काएर टिमलाई बराबरीको स्थितिमा ल्याएका थिए । त्यसपछि दुवै टिमले कुनै पनि गोल थप्न सकेनन् ।

आज बिहान अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा भएको समूह सी अन्तर्गतको खेल खेल्दै गर्दा ब्राजिलले विश्वकपको पहिलो खेलको अपराजित यात्रालाई २१ खेलसम्म लम्ब्याउन सफल भएको हो । सन् १९३४ मा भएको दोस्रो संस्करणमा ब्राजिल पहिलो खेलमै स्पेनसँग पराजित भएको थियो । त्यसयता ब्राजिलले विश्वकपमा खेलेको पहिलो खेलमा १७ खेल जितेको भने ४ खेल बराबरीमा रोकिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments