विराटचोकः आज सुनको मूल्य बढेको छ । चाँदीको मूल्य भने घटेको छ । सुनको भाउ आज तोलामा ८०० रुपैयाँ बढ्दा चाँदीको भाउ भने तोलामा २० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
आज चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा खरिदबिक्री भएको छ ।




