Monday, May 18, 2026
Homeफिचरसदस्यता खोसिएकी पूर्व राष्ट्रपति विद्या भण्डारी एमालेको कार्यक्रममा प्रमुख अतिथि

सदस्यता खोसिएकी पूर्व राष्ट्रपति विद्या भण्डारी एमालेको कार्यक्रममा प्रमुख अतिथि

विराटचोकः नेकपा एमालले हिजो आयोजना गरेको ३३ औँ मदन आश्रित स्मृति सभामा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि बन्नुभएको छ । भण्डारीले राजनीतिक सक्रियता बढाएपछि गत साउनमा भएको केन्द्रीय समितिको बैठकले भण्डारीको साधारण सदस्यता खोसेको (रद्द गरेको) थियो ।

एमालेले बल्खुको पुरानो कार्यालय रहेको खण्डहर स्थानमा आयोजना गरेको स्मृति सभामा पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि बन्नुभएको हो । भण्डारीलाई प्रमुख अतिथि बनाउने निर्णय ओलीकै चाहना अनुसार भएको बताइएको छ । पत्थरी र हर्नियाको शल्यक्रिया गरेर हाल स्वास्थ्य लाभ गरिरहेका ओलीले कार्यक्रममा आफू उपस्थित नहुने बरू विद्या भण्डारीलाई प्रमुख अतिथि बनाउनू भनी सुझाव दिएको बताइएको छ ।

सदस्यता समेत खोसिएकी भण्डारी एमाले कार्यक्रमको प्रमुख अतिथि बन्नुमा ओलीको स्वास्थ्य मात्र कारण छ कि राजनीतिक सन्देश पनि मिसिएको छ भनेर चासोको विषय बनेको छ । ओलीले बाध्यतावश भण्डारीसँग नजिकिएर सम्बन्ध सुधारको प्रयास थालेको हुन सक्ने अनुमान पनि गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments