Monday, May 18, 2026
Homeअर्थशेयरदिनभरमा अढाइ अर्बको पनि भएन शेयर किनबेच, शेयर बजार लगभग स्थिर

दिनभरमा अढाइ अर्बको पनि भएन शेयर किनबेच, शेयर बजार लगभग स्थिर

विराटचोकः आज दिनभरजसो स्थिर रहेको शेयर बजारमा कारोबार रकमले अढाइ अर्ब पनि पार गरेन । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०३ प्रतिशत अर्थात् १.०३ अंकले घटेर २७३०.९१ विन्दुमा अडिएको छ ।

आज ३३९ वटा कम्पनीका ५८ लाख २८ हजार ६०४ कित्ता शेयर ४३ हजार ३०९ पटक किनबेच हुँदा २ अर्ब ४५ करोड ८ लाख ७८ हजार ४४९ रुपैयाँको शेयर कारोबार भएको छ ।

आज ५ वटा समूहमा हरियाली छाउँदा अन्य समूह सर्वाधिक अर्थात् ०.३१ प्रतिशतले बढेको छ । निर्जीवन बीमा समूह आज सर्वाधिक अर्थात ०.६९ प्रतिशतले घटेको छ ।

न्यून रुपैयाँको कारोबार भएको दिन आज साहस उर्जाको सर्वाधिक अर्थात ८ करोड ४३ लाख ८९ हजार ८६० रुपैयाँको शेयर किनबेच भएको छ । रिलायन्स स्पिनीङ मिल्स, एसवाई प्यानल नेपाल, अपि पावर र शिवम् सिमेन्ट उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।

आज ईङ्वा हाईड्रोको शेयरमूल्य सर्वाधिक अर्थात् ८.४२ प्रतिशतले बढ्दा एसवाई प्यानल नेपालको शेयरमूल्य सर्वाधिक अर्थात ३.६० प्रतिशतले घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब ५७ अर्ब ७० करोड ५८ लाख १९ हजार ७२५ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments