काठमाडौंः नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई नयाँ पुनर्बीमा व्यवसाय सञ्चालन गर्न रोक लगाएको छ ।
प्राधिकरणको वैशाख २९ गतेको निर्णयानुसार बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम उक्त कम्पनीलाई चालु आर्थिक वर्ष २०८२\८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय नगर्न निर्देशन दिइएको हो ।
प्राधिकरणले साविकमा भइसकेका पुनर्बीमा व्यवसायका लागि गरिने रेट्रोसेसन र पुनर्बीमा दाबी भुक्तानी गर्ने कार्यलाई भने यथावत् राख्न निर्देशन दिएको छ ।




