Sunday, May 17, 2026
Homeअर्थमृतक महिलाको कानबाट मुन्द्री हराएपछि ग्रीनक्रस हस्पिटलले तिर्याे १ तोला सुनको दाम

मृतक महिलाको कानबाट मुन्द्री हराएपछि ग्रीनक्रस हस्पिटलले तिर्याे १ तोला सुनको दाम

विराटनगरः विराटनगरस्थित रंगेली रोडमा रहेको ग्रीनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको शवबाटै सुनका मुन्द्री चोरी भएपछि अस्पतालले एक तोला सुनको मूल्य क्षतिपूर्तिबापत पीडित परिवारलाई दिएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–७ की ४० वर्षीया सबिना दनुवारको आज मृत्यु भएलगत्तै उनले लगाएको एक तोला सुनको मुन्द्री अस्पतालको शय्याबाटै गायब भएको थियो । सबिनालाई उपचारका लागि जिल्ला अस्पताल गाईघाटबाट नोबेल मेडिकल कलेज विराटनगर रेफर गरिएको थियो । तर, एम्बुलेन्स चालकले उनलाई ग्रीनक्रस हस्पिटल पुर्याएका थिए । आज बिहान उपचारकै क्रममा सबिनाको मृत्यु भएको थियो ।

अस्पताल ल्याउँदा र उपचारका क्रममा सबिनाको कानमा सुनका मुन्द्री भए पनि मृत्यु हुनुअघि ईसीजी गर्ने भन्दै पर्दा लगाएर भित्र लगेपछि सुन हराएको मृतकका आफन्तको दाबी छ ।

मृत्युपछि शव हेर्दा कानमा मुन्द्रा नदेखिएपछि आफन्तले तत्काल अस्पताल प्रशासनसँग सोधपुछ गरेका थिए । शुरुमा घटनालाई इन्कार गरेको अस्पताल प्रशासनले बेडमा हुँदा मुन्द्री लगाएको भिडियो देखाएपछि क्षतिपूर्ति दिन तयार भएको जनाइएको छ ।

अस्पतालले चोरी भएको सुनबराबरको रकम पीडित परिवारलाई बुझाएको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments