Monday, May 18, 2026
Homeशिक्षा र स्वास्थ्यइबोलका कारण कंगोमा ८० जनाको ज्यान गएपछि विश्व स्वास्थ्य सङ्गठनद्वारा अन्तर्राष्ट्रिय सङ्कटकाल...

इबोलका कारण कंगोमा ८० जनाको ज्यान गएपछि विश्व स्वास्थ्य सङ्गठनद्वारा अन्तर्राष्ट्रिय सङ्कटकाल घोषणा

विराटचोकः विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला भाइरसको प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ ।

सङ्क्रमण तीव्र गतिमा फैलिन थालेपछि र सीमापार असर देखिन थालेपछि डब्लुएचओले विश्व समुदायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

बीबीसीका अनुसार हालसम्म करिब २४६ जनामा संक्रमण भएको आशंका गरिएको छ भने कम्तीमा ८० जनाको मृत्यु भइसकेको रिपोर्ट सार्वजनिक भएको छ ।

डब्लुएचओले यो अवस्था अझै विश्वव्यापी महामारीको मापदण्डमा नपुगेको स्पष्ट पारेको छ । संगठनका अधिकारीहरूले प्रकोप गम्भीर भए पनि नियन्त्रणबाहिर नपुगेको बताएका छन् । संक्रमित व्यक्तिको वास्तविक संख्या अझै स्पष्ट नभएको र रोग फैलिएको भौगोलिक क्षेत्र अपेक्षाभन्दा ठूलो हुन सक्ने बताइएको छ ।

दुर्गम क्षेत्र, कमजोर स्वास्थ्य सेवा र सीमित परीक्षण क्षमताका कारण वास्तविक अवस्था पत्ता लगाउन कठिन भइरहेको बताइएको छ । यो प्रकोप ‘बुन्डिबुग्यो भाइरस’ नामक इबोलाको दुर्लभ प्रकारका कारण फैलिएको बताइएको छ । डब्लुएचओका अनुसार, यस प्रकारको भाइरसका लागि हालसम्म कुनै स्वीकृत खोप वा प्रभावकारी औषधि उपलब्ध छैन ।

कंगोसँग सीमा जोडिएका अन्य अफ्रिकी राष्ट्रहरूमा समेत संक्रमण फैलिन सक्ने जोखिम उच्च रहेको स्वास्थ्य विशेषज्ञहरूले बताएका छन् । डब्लुएचओले कंगो र युगान्डा दुवैलाई संक्रमण निगरानी, संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरूको खोजी (‘कन्ट्याक्ट ट्रेसिङ’) तथा रोकथामका उपाय तीव्र बनाउन आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना गर्न सुझाव दिएको छ ।

कंगोमा इबोलाको यो १७ औँ प्रकोप भएको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments