विराटचोकः आज पनि सुन र चाँदी दुवैको दाम घटेको छ । आज सुनको दाम तोलामा ४ हजार ५०० रुपैयाँ र चाँदीको दाम तोलामा ३३० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




