Thursday, May 7, 2026
Homeखेलकुदधनकुटाको हिलेमा ‘वाहिनीपति ट्रफी २०८३’ शुरु, नौ खेलमा नौ सैनिक टिम सहभागी...

धनकुटाको हिलेमा ‘वाहिनीपति ट्रफी २०८३’ शुरु, नौ खेलमा नौ सैनिक टिम सहभागी हुने

धनकुटाः हिजोदेखि श्री नं. २ बाहिनी अड्डाको आयोजनामा धनकुटाको हिलेमा ‘वाहिनीपति ट्रफी २०८३’ शुरु भएको छ ।

सैनिकबीच सामुहिक भावना अभिवृद्धि, अनुशासन विकास तथा उत्कृष्ट खेलाडीको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेपाली सेनाले जनाएको छ । हिलेस्थित महेन्द्र सैनिक शिविरको मैदानमा शुरु भएको खेल वैशाख ३१ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, जुडो, बक्सिङ, तेक्वान्दो, कबड्डी, स्विमिङ र एथलेटिक्स गरी नौ विधामा प्रतिस्पर्धा हुने जनाइएको छ ।

सो प्रतियोगितामा धनकुटाको हिले स्थित श्री नं. २ बाहिनी अड्डा, सल्लेरीको भीम दल गण, सुनसरीस्थित भगवती दल र भीमकाली गुल्म, मोरङको शिवदल गण, भोजपुरको नयाँ श्रीनाथ गण, संखुवासभाका इन्द्रदल गुल्म र रणदल गुल्म तथा तेह्रथुमको शत्रुमर्दन गुल्मका खेलाडीहरूको सहभागिता रहने बताइएको छ ।

प्रतियोगिता धनकुटाको हिलेस्थित ब्यारेक, सल्लेरी ब्यारेक र धनकुटाको तल्लो टुँडिखेलमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments