विराटचोकः सुन्दरहरैंचा–१० विराटचोकमा विराट फिजियोथेरापी सेन्टर सञ्चालनमा आएको छ । नगरप्रमुख केदारप्रसाद गुरागाईंले उक्त सेन्टरको शनिबार उद्घाटन गरेका छन् ।
सो सेन्टरमा आधुनिक मेसिनद्वारा विशेषज्ञ फिजियोथेरापिष्टबाट अर्थोपेडिक फिजियोथेरापी, न्युरो फिजियोथेरापीको सेवा दैनिक रुपमा उपलब्ध हुने बताइएको छ ।
अरनिको अस्पताल उर्लाबारी, पथरी नगर अस्पताल र इटहरीमा रहेको अन्नपूर्ण फिजियोथेरापी सेन्टरको सफल उपचारपछि विराटचोकमा थप शाखा बिस्तार गरी गुणस्तरीय सेवा दिन लागिएको सञ्चालक उपेन्द्र घिमिरेले जनाए ।