गोठगाउँः पूर्वाञ्चल विश्वविद्यालयको १४ औँ दीक्षान्त समारोहको अवसरमा केन्द्रीय कार्यालय गोठगाउँमा आज आयोजित समारोहमा विभिन्न संकाय अन्तर्गत अध्ययन पूरा गरेका ६ हजार ७०६ जना विद्यार्थी दीक्षित भएका छन् ।
समारोहमा प्रमुख अतिथिका रूपमा भारतको चण्डीगढस्थित पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एण्ड रिसर्चका निर्देशक प्रा. डा. विवेकलाल सहभागी भएका थिए । कार्यक्रम विश्वविद्यालयका सहकुलपति तथा शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
विश्वविद्यालयले हाल व्यवस्थापन, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, मानविकी, कानुन तथा चिकित्सा शिक्षा लगायतका क्षेत्रमा अध्यापन गराउँदै आएको छ ।
विश्वविद्यालयले १५० भन्दा बढी आंगिक तथा सम्बन्धन प्राप्त कलेजमार्फत् दक्ष जनशक्ति उत्पादन गर्दै आएको जनाएको छ ।



