विराटचोकः आज सेयरबजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.६४ प्रतिशत अर्थात् १८.१० अङ्कले घटेर २ हजार ८०७.१२ अङ्कमा अडिएको छ ।
नेप्सेमा सूचीकृत ३४७ वटा कम्पनीको ९७ हजार ८०० पटकमा १ करोड ३० लाख १९ हजार ५५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार ८७९ रुपैयाँको शेयर किनबेच भएको छ ।
होटल समूह १.१६ प्रतिशतले बढ्दा बाँकी सबै समूह राताम्य बनेका छन् । अन्य समूह सर्वाधिक १.२७ प्रतिशतले घट्दा विकास बैंक समूह भने स्थिर बनेको छ ।
आज सोलु हाईड्रोपावरको सर्वाधिक अर्थात ३७ करोड ७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा रिलायन्स स्पनिङ मिल्स, नेशनल हाईड्रोपावर, होटल फरेस्ट इन र एसवाई प्यानल नेपाल उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।
आज सूर्यकुण्ड हाईड्रो, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको सेयरमूल्य १५ प्रतिशतले बढेको छ
दोल्ती पावरको शेयरमूल्य सर्वाधिक अर्थात ८.७१ प्रतिशतले घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४७ खर्ब ८७ अर्ब ६९ करोड ३७ लाख ९१ हजार ३९५ रुपैयाँ कायम भएको छ ।



