Saturday, April 18, 2026
Homeफिचरगगन थापाको कार्यसमितिलाई अदालतले दियो मान्यता, देउवासमूहको दाबी अस्वीकार

गगन थापाको कार्यसमितिलाई अदालतले दियो मान्यता, देउवासमूहको दाबी अस्वीकार

विराटचोकः नोपाली कांग्रेसको आधिकारिकताको विवादपछि परेको रिटमा सर्वोच्च अदालतले निर्वाचन आयोगले गरेको निर्णयलाई सदर गरेको छ । योसँगै विशेष महाधिवेशनबाट पार्टी नेतृत्वमा आएका गगनकुमार थापा थापा नेतृत्वको समूहले आधिकारिकता पाएको हो ।

विशेष महाधिवेशनलाई मान्यता दिन नहुने भन्दै उठाइएको शेरबहादुर देउवा पक्षको माग अप्रत्यक्ष रूपमा खारेज भएको हो । न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिक ठहर गरी निर्वाचन आयोगको निर्णय कानुनसम्मत रहेको फैसला गरेको हो ।

शुक्रबारको सुनुवाइमा थापा पक्षका तर्फबाट वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, सीताराम केसी, गोपालकृष्ण घिमिरे, सेमन्त दाहाल, दीनमणि पोखरेल, चन्द्रकान्त ज्ञवाली, पूर्णमान शाक्य, शैलेन्द्र दाहाल र यदुनाथ खनालले बहस गरेका थिए ।

त्यसैगरी रिट निवेदक देउवा समूहका तर्फबाट अधिवक्ता रमेश बडाल, रमण श्रेष्ठ र गोविन्द बन्दीले आफ्नो राय प्रस्तुत गरेका थिए ।

पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि देउवा समूह त्यसविरुद्ध अदालत गएको थियो ।

माघ ६ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीहरूसँग लिखित जवाफ मागेको थियो । त्यसपछि आयोग, पार्टी कार्यालय र सभापति थापाले जवाफ पेश गरेका थिए ।

चैत २१ का लागि तोकिएको पेसी पछि सरेर हिजो बिहीबारका लागि तय भएकोमा बिहीबार सुनुवाइ नसकिएपछि शुक्रबार फैसला भएको हो ।

Previous article
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments