Thursday, April 16, 2026
Homeधर्म र संस्कृतिसिरुवा पर्वअन्तर्गत आज इटहरीको कचना महादेव मन्दिरमा मेला, पालिकाले दियो स्थानीय...

सिरुवा पर्वअन्तर्गत आज इटहरीको कचना महादेव मन्दिरमा मेला, पालिकाले दियो स्थानीय बिदा

इटहरीः बैशाख महिनाभर पूर्वी क्षेत्रमा थारु तथा राजवंशी समुदायले विशेष महत्वका साथ मनाउने सिरुवा मेलाअन्तर्गत आज इटहरीको कचना महादेव मन्दिरमा ठूलो मेला लागेको छ । आफ्नो कामना पूरा होस् भनी बैगुन (भण्टा) चढाइने हुनाले आज लाग्ने मेला बैगुन चढाउने मेलाका नामले पनि परिचित छ ।

मेलाको अवसर पारेर इटहरी उपमहानगरपालिकाले आज उपमहानगरभित्र स्थानीय बिदा दिएको छ ।

आजको सो मेलामा थारु समुदायका साथै अन्य समुदायका मानिसहरू समेत मन्दिरमा बैगुनको भार चढाउने गर्दछन् । मुसा तथा चर्मजन्य रोग नलागोस् भनेर बैगुनको भार चढाउने गरिन्छ ।

सिरुवा पर्व अन्तर्गत वैशाख महिनाभरी विभिन्न ठाउँमा रहेका ग्रामथानमा गएर पूजाआजा गरी रोग व्याध नलागोस् भनेर कामना गर्ने गरिन्छ । छालाका रोगहरू नलागोस् भनेर बैगुन (भान्टा )को भार पनि चढाउने गरिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments