Thursday, April 16, 2026
Homeअर्थसुन्दरहरैंचाको सलकपुरमा सलकपुर जुत्ता घर सञ्चालनमा

सुन्दरहरैंचाको सलकपुरमा सलकपुर जुत्ता घर सञ्चालनमा

सलकपुरः मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा ‘यारोन यादिरा फुटवेयर कलेक्सन (सलकपुर जुत्ता घर)’ सञ्चालनमा आएको छ ।

सो जुत्ताघरको उद्घाटन वडा नम्बर ८ का वडाध्यक्ष खेमप्रसाद न्यौपाने, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्की र सुन्दरहरैँचा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद रिजालले संयुक्त रूपमा गर्नुभएको छ ।

सलकपुर क्षेत्रमा भरपर्दो तथा गुणस्तरीय विभिन्न ब्राण्डका जुत्ता तथा फुटवेयर उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालनमा ल्याइएको सञ्चालक विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

उद्घाटनको अवसरमा पसलमा उपलब्ध सम्पूर्ण सामानमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको सञ्चालक आचार्य बताउनुहुन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments